२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा विभिन्न विषयमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बसेको थियो ।
बैठकमा पछिल्लो राजनीतक घटनाक्रम, आसन्न राष्ट्रपति पदको निर्वाचनलगात विषयमा छलफल भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुनः सरकारमा सहभागी हुन आग्रह पनि गरिएको थियो ।
बैठकमा सहभागी उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रले लिङदेनले नियमित बैठक भएको प्रतिक्रिया दिए । सरकार बनेयताको परिस्थितिको समीक्षा गरिएको उनले बताए ।
“नियमित बैठक हो, बेलाबेलामा बसिरहन्छ । समग्र अहिलेसम्मको कामहरूको समीक्षा भयो,” उनले भने, “अझै व्यवस्थित ढंगले कसरी काम गर्न सकिन्छ भन्ने कुरा भयो ।” गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी भएका थिए ।
गठबन्धनमै रहेका जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कोही पनि नेता बैठकमा सहभागी भएनन् । स्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा छन् । नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी बिहान डिल्लीबजार कारागार पुगेकी थिइन् । त्यहाँ उनले आफ्ना पति समेत रहेका नेता रेशम चौधरीसित भेटवार्ता गरेको स्रोतले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij