Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

उर्जामन्त्री लिङ्देन र युरोपियन युनियन राजदूत डिप्रेजबीच भेटवार्ता, के भयो कुराकानी ?

उर्जामन्त्री लिङ्देन र युरोपियन युनियन राजदूत डिप्रेजबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 1.7K
    Shares

    उर्जामन्त्री लिङ्देन र युरोपियन युनियन राजदूत डिप्रेजबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

    बिहीबार मन्त्रालय पुगेकी डिप्रेजले नवीकरणीय ऊर्जा क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन् ।

    उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको विषयमा पनि गृहकार्य भइरहेको बताए ।

    हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा छलफलमा रहेको बताउँदै लिङ्देनले भने, ‘निजी लगानीकर्तासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ ।’

    छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको बताउँदै भविष्यमा ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताए।

    उपप्रधानमन्त्री लिङ्देनले अन्तरदेशीय प्रसारण ट्रान्समिसन लाइन र अन्य विदेशी मुलुकसँगको व्यापारका लागि समानान्तर रूपले ट्रान्समिसन लाइन विस्तार गरिने बताए ।

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - ११:४०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij