Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

किशोरीलाई आत्मरक्षा तालीम

किशोरीलाई आत्मरक्षा तालीम


  • 24.2K
    Shares

    किशोरीलाई आत्मरक्षा तालीम

    महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालीम’ सञ्चालन गरेको छ । 

    पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालीममा सिकाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले १७ सामुदायिक विद्यालयका ६६ बालिका तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको अभियान्ता सजना सुनारले जानकारी दिनुभयो । 

    तालीममा बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अङ्गालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन सातवटा आत्मसुरक्षाका उपाय सिकाइएको उहाँले बताउनुभयो । यो तालीमबाट एक्लै हिँडडुल गर्दा कसैले जबरर्जस्ती गर्न खोजे त्यसबाट बच्ने उपाय सिकाइएको र यसबाट किशोरीहरुको आत्मबल बढने विश्वास लिएको उहाँले बताउनुभयो । 

    नगरपालिकाले स्कुले बालिका तथा किशोरीलाई लक्षित गरेर तालीम सञ्चालन गरिएको थियो । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीलाई आत्मसुरक्षाको सीप सिकाएको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहराले जानकारी दिनुभयो । “बालिका तथा किशोरी आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित भएकाले आत्मसुरक्षाका लागि तालीम दिएका हौं”, उहाँले भन्नुभयो, “आत्मरक्षा तालीम लिएका किशोरी विद्यालयका अन्य छात्रालाई पनि सिकाउने छन् ।”

    आत्मविश्वासको कमीले बालिका, किशोरी र महिला बलात्कारको शिकार हुने हुँदा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने विधि तालीममा सिकाइएको छ । तालीममा सहभागी किशोरीले तालीमपछि आफूहरुमा आत्मविश्वास बढेको र सुरक्षित भएको महसुस गरेको बताएका छन् । “तालीम अगाडि कसैले हामीलाई बलत्कार वा यौनहिंसा गर्न खोजे के गर्ने होला भनेर चिन्ता लाग्थ्यौं । तालीम लिएपछि आत्मबल बढ्यो । बच्न तरिका पनि सिक्यौं”, जनज्योति माविकी छात्रा निशा शाहीले भन्नुभयो । 

    यौनहिंसा तथा दुव्र्यवहारको प्रयास गरे प्रतिकार गर्न यो तालीमले आफूलाई एक्लो छैनौं भन्ने विश्वास बढाएको छ । शाही मात्र होइनन्, तालीममा सहभागी किशोरी कमला माझीको पनि उस्तै बुझाइरहेको छ । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, संवेदनशील अङ्गमा प्रहार गर्ने तालीमबाट सिकेका छौ । “तालीम पश्चात आत्मविश्वास बढेको छ, सुरक्षित महशुस गरेका छौ”, उहाँले भन्नुभयो । 

    जिल्लामा ६ महिनायता सात वटा बलात्कार र यौनहिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।  केही व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आत्मसुरक्षा सीपसँगै बालिका तथा किशोरीलाई बाल अधिकारका बारेमा समेत जानकारी दिइएको छ । बाल विवाहबारे कानूनी प्रावधान, सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या तथा छाउपडी प्रथा, जातीय विभेदबारे कानूनी प्रावधानका बारेमा समेत जानकारी दिइएको नगरपालिकाले जनाएको छ । रासस

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १५:१२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij