Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

७ वर्ष कैद र ७० हजार जरिवाना तिराउने गरि ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरेको खुल्यो रहस्य 

७ वर्ष कैद र ७० हजार जरिवाना तिराउने गरि ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरेको खुल्यो रहस्य 


  • 5.5K
    Shares

    ७ वर्ष कैद र ७० हजार जरिवाना तिराउने गरि ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरेको खुल्यो रहस्य 
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्दैछ ।

    झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ ।

    धारा ५७ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ । ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन नहुने’ उल्लेख छ ।

    सो दफा अनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिताको दफा ५८ को २ मा उल्लेख छ ।

    प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन्।

    बिहीबार पेरिसडाँडामा आयोजित आदिवासी, जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तथाकथित राष्ट्रपतिको नाममा गलत बोल्यो भनेर प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताए।

    कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको थियो’, उनले भने, ‘तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीलाई पक्रिनै पर्‍यो भनेर पक्राउ गरियो।’

    उनले आफूहरुले हिजोदेखि बिहानसम्म रोक्न प्रयास गरे पनि जबर्जस्ती पक्राउ गरेको बताए।

    उनले झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए। ‘जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्यो, विचारमाथि लोकतन्त्रमाथि ताला लगाउन उहाँलाई पक्राउ गरिएको हो’, प्रचण्डले भने।

    aa.jpg

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १५:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij