Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमाले नेताहरूको जिम्मेवारी हेरफेर, २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने

एमाले नेताहरूको जिम्मेवारी हेरफेर, २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने


  • 2.1K
    Shares

    एमाले नेताहरूको जिम्मेवारी हेरफेर, २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने

    नेकपा एमालेले दुई महिने अभियान चलाउने भएको छ । फागुन र चैत महिनामा एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको हो । 

    बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै बैठकले नेताहरूको जिम्मेवारी समेत हेरफेर गरेको छ । एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ । 

    यसअघिका प्रदेश इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेको ठाउँमा गौतमलाई जिम्मेवारी दिइएको हो । त्यस्तै घनश्याम भुसालले पार्टी छोडेपछि रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी बिन्दा पाण्डेलाई चयन गरेको छ । निधन भएका नेता बालकृष्ण ढुंगेलको स्थान अपाङ्गता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेस प्रदेशको सभामुख भएकाले सो स्थानमा सिला यादवलाई जिम्मेवारी दिएको छ । 

    एमालेले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उक्त अभियान फागुन र चैत २ महिनाभर चल्ने छ । 

    त्यसका लागि एमालेले विभिन्न ११ वटा कार्यादेश तोकेर केन्द्रीय सदस्यहरूलाई गाउँ तहसम्म पठाउनेछ । यस क्रममा सदस्यता नवीकरण, वितरण, पुराना नेता कार्यकर्ताको सम्मान,जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम गर्नेछ ।अभियानको सुरुवात फागुन ५ गते सातै प्रदेशबाट एकै पटक हुनेछ । 

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १८:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij