Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

पार्टी बैठकबाटै सिंहदरबार पुगे ओली, प्रचण्डसँग छलफल जारी

पार्टी बैठकबाटै सिंहदरबार पुगे ओली, प्रचण्डसँग छलफल जारी


  • 1.9K
    Shares

    पार्टी बैठकबाटै सिंहदरबार पुगे ओली, प्रचण्डसँग छलफल जारी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भइरहेको छ । सिंहदरवारमा भइरहेको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारुढ गठबन्धनभित्रको अश्विास हटाउने विषयमा छलफल भइरहेको छ । 

    च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट सिंहदरवार पुगेका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपति’bout स्पष्ट हुन आग्रह गरेका छन् । 

    आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तारुढ दलभित्र अविश्वास पैदा भएको छ  । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले संशंकित हुँदै आएको छ । 

    यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ता  केही दिनयता बाक्लिएको छ । साथै बिहीबार नै सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ । संयन्त्रको बैठकअघि प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको हो । 

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १६:३७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij