२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । युवा नेत्री रामकुमारी झाँक्रीको गिरफ्तारीपछि आक्रोशित युवाहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागेका छन् ।
शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी गर्दै बानेश्वर चोकतर्फ निस्केका युवाहरुले रामकुमारी झाँक्रीलाई रिहाईको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
आक्रोशित युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् । प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तरगत पक्राउ गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij