Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

विवेकशील साझाको महाधिवेशन भोलिदेखि, अध्यक्षमा को-को छन् दाबेदार?

विवेकशील साझाको महाधिवेशन भोलिदेखि, अध्यक्षमा को-को छन् दाबेदार?


  • 1.7K
    Shares

    विवेकशील साझाको महाधिवेशन भोलिदेखि, अध्यक्षमा को-को छन् दाबेदार?

    विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन बिहीबारदेखि सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

    महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतलाई महाधिवेशनमा निम्तो दिइएको हो।

    विवेकशील साझाले पूर्वसंयोजक रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा निम्ता दिएको छैन। मिश्र अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष छन्। विवेकशील साझाले राप्रपालाई पनि महाधिवेशनका लागि निम्तो नदिइएको जनाएको छ।

    महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। पार्टीका नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको थियो। यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिनेसमेत पार्टीले जनाएको छ। महाधिवेशन शुक्रबारसम्म चल्नेछ।

    महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पुर्‍याउने तयारी रहेको उनले बताए।

    महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

    पार्टीले संविधानलाई आत्मसाथ गर्दै समाधानमुखी र पब्लिक सर्भिस डेलिभरी केन्द्रित मुद्दाको जगमा अझ सशक्त रूपमा अघि बढ्ने नेता परियारले बताए।

    अध्यक्षमा को-को छन् दाबेदार?

    विवेकशील साझा पार्टीको अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ।

    अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेबार छन्।

    पाण्डेलाई तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रका पालामा कारबाहीसमेत गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको थियो।

    तर मिश्रले अध्यक्षबाट राजीनामा दिँदै कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका थिए। पाण्डे पछिल्लो समय पुन: विवेकशील साझासँग जोडिँदै महाधिवेशन तयारीमा जुटेका छन्।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १४:५२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij