Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नागरिक उन्मुक्तिले अडान नछोड्दा बढ्यो कांग्रेस नेताहरूको सक्रियता

नागरिक उन्मुक्तिले अडान नछोड्दा बढ्यो कांग्रेस नेताहरूको सक्रियता


  • 1.7K
    Shares

    नागरिक उन्मुक्तिले अडान नछोड्दा बढ्यो कांग्रेस नेताहरूको सक्रियता

    नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने अडान लिइरहेका बेला नेपाली काँग्रेसका नेताहरुले सक्रियता बढाएका छन् ।

    आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्नेछ । त्यसअघि नै काँग्रेस नेताहरुले भने सक्रियता बढाएको छ ।

    प्रदेश सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गरेका थिए । सभामुख भीमबहादुर भण्डारीसँग बलायरले आपत्ति नै जनाएका थिए । बुधवारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै बलायरले आपत्ति जनाएका थिए ।

    ‘सभामुख साझा व्यक्ति भएका कारण यस्तो गर्नुहुदैन्थ्यो भन्ने हाम्रो भनाइ हो । यसमा हाम्रो आपत्ति छ’ काँग्रेस प्रदेश सभा सदस्य मेघराज खड्का भन्छन् ।

    उनकाअनुसार सभामुखको भूमिका र सम्भावित राजनीतिक परिदृष्यबारे छलफल गर्न अनौपचारिक रूपमा काँग्रेस संसदीय दलमा समेत छलफल भइरहेको छ ।

    काँग्रेसलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । काँग्रेसको छलफलमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी बुधवारको छलफलमा सहभागी थिए ।

    नागरिक उन्मुक्तिले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिए ठुलो पार्टीको हैसियतमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्ने भन्दै प्रदेश सभापति बलायरले सांसदहरुलाई निर्देशन नै दिएका छन् ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - ११:३०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij