२०८२ माघ ८ गते बिहिवार
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १० देखि एकीकृत कारोबार गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति दिएसँगै बैंकले एकीकृत कारोबार मिति तय गरेका हुन्।
दुई बैंकबीच १०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात १००ः८०.२८ कित्ता कायम गरी प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता भएको थियो। सोही सम्झौतालाई दुवै बैंकका साधारणसभाले पारित समेत गरिसकेका छन्।
यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भए पनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो। अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको हो। मर्जपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij