Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

विचार र मुद्दा मिल्नेसँग पार्टी एकता गर्ने विप्लवको निर्णय

विचार र मुद्दा मिल्नेसँग पार्टी एकता गर्ने विप्लवको निर्णय


  • 1.7K
    Shares

    विचार र मुद्दा मिल्नेसँग पार्टी एकता गर्ने विप्लवको निर्णय

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने भएको छ । सो पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय बुधवार सार्वजनिक गर्दै यस्तो नीति लिने जनाएको हो । 

    साथै विप्लव नेतृत्वको पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको छ । 

    सो पार्टीले ‘जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको छ । साथै पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित रहेर सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

    ‘विचार मिल्ने पार्टीहरूसँग पार्टी एकता गर्नुपर्छ, मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्छ’, पत्रकार सम्मेलनमा महासचिव विप्लवले भने, ‘यही व्यवस्थाभित्र घुमेर होइन । यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ । त्यो सर्तमा नेपालमा वैज्ञानिक समाजवादी बहस, रूपान्तरणकारी राजनीतिक बहस होस् सबै देशभक्त शक्तिहरूसँग पनि ।’ 

    उनले आफूहरू सबै विषयमा खुल्ला ढङ्गले छलफल गर्न तयार रहेको भन्दै नेपाल सबै विषयको निराशावादी गोल चक्करबाट मुक्त गर्नुपर्ने बताए ।

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - १४:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij