Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक

सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक


  • 1.6K
    Shares

    सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक

    आज बिहान ११ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक सरेको छ। प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

    मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची छ।

    मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ।

    प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्। सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई आज विश्वासको मत नदिने बताएको छ।

    नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ। नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ।

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - ११:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij