Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रामकुमारी झाँक्री पक्राउ : सामाजिक सञ्जालमा चर्को विरोध, कसले के भने ?

रामकुमारी झाँक्री पक्राउ : सामाजिक सञ्जालमा चर्को विरोध, कसले के भने ?


  • 5.8K
    Shares

    रामकुमारी झाँक्री पक्राउ : सामाजिक सञ्जालमा चर्को विरोध, कसले के  भने ?
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले रामकुमारी झाँक्री पक्राउको विषयमा विरोध गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले सामाजिक सञ्जालमार्फत झाँक्रीको पक्राउको चर्को विरोध गरेका हुन् । नेता जनार्दन शर्माले झाक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र नभई देशलाई मुडभेटमा लगेको बताए ।

    ‘रामकुमारी झाक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थपूर्ती गर्ने षड्यन्त्र हो’, उनले भनेका छन् ।

    त्यस्तै नेतृ पम्फा भुसालले निर्मला पन्त र भागिरथी भट्टका हत्यारालाई पक्राउ गर्न सरकारलाई चुनौती दिएकी छन् ।

    ‘प्रतिगामी सरकार रामकुमारी झाक्रीलाई होईन निर्मला पन्त, भागीरथी भट्ट लगाएतका बलात्कारीलाई गिरफ्तार गर' । प्रतिगामी सरकार मुर्दाबाद भन्दै उनले सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १३:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij