२०८२ माघ १५ गते बिहिवार
मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख हरिशंकर मिश्र नेकपा माओवादीका सांसद उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवलाई शपथ खुवाएका हुन्। उनले देश र जनताको नाममा मैथिली भाषामा शपथ लिएकी हुन्।
सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका माओवादीका सांसद रहबर अन्सारीले पनि आजै शपथ लिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई शपथ खुवाएका हुन्। उनले भोजपुरी भाषामा शपथ लिएका छन्।
मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij