२०८२ भाद्र १ गते आइतवार
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । मन्त्रीमण्डलको भागवण्डामा एउटा मात्रै क्याबिनेट मन्त्री दिएपछि सो पार्टीका नेताहरु असन्तुष्ट देखिएका थिए तर, केन्द्रिय नेतृत्वको हस्तक्षेपपछि सरकारमा सहभागि हुने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।
माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो । माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ ।
उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको सो पार्टीले जनाएको छ । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।
गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस प्रदेशमा सहभागी भएको थिएन । दुवै मन्त्रीको सपथ आजै हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारमा यसअघि नै जसपा, नेकपा एमाले, जनमतवाट मन्त्री भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij