Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपाल चिकित्सक संघ निर्वाचन: डा अनिलविक्रम कार्की समूहको अग्रता कायमै, कसको मत कति ?

नेपाल चिकित्सक संघ निर्वाचन: डा अनिलविक्रम कार्की समूहको अग्रता कायमै, कसको मत कति ?


  • 2.4K
    Shares

    • images
    नेपाल चिकित्सक संघ निर्वाचन:  डा अनिलविक्रम कार्की समूहको अग्रता कायमै, कसको मत कति ?
    images

    नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मत गणना हाल संघको केन्द्रीय कार्यालयमा भइरहेको छ। आइतबारदेखि भएको मत गणनामा हालसम्म २ हजार ८६ मत गनिएको छ।

    हालसम्मको मत गणनाअनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीले अग्रता लिएका छन्। डा कार्कीले हालसम्म १ हजार २३४ मत पाएका छन् भने अध्यक्षका अर्का आकांक्षी डा सन्तोष पौडेलले ७०१ मत पाएका छन्।

    स्वतन्त्र समूहबाट अध्यक्षकै उम्मेदवार बनेका डा शिवजी सिलवालले ७७ मत पाएको संघका प्रमुख प्रशासकीय अधिकृत मिलनचन्द्र खनालले बताए।

    खनालका अनुसार हालसम्म महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिव तिवारीले ९८५, स्वतन्त्र समूहका डा अमृत भुसालले ४६३ र प्रगतिशील समूहकी रक्षा श्रेष्ठले ५०० मत पाएकी छन्। 

    उपाध्यक्ष तथा मधेश प्रदेश संयोजकमा डा अजयकुमार मिश्रले ३९२, डा महेश महासेठले ५७१ र डा निरजकुमार सिंहले ९२८ मत प्राप्त गरेका छन्।

    उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले १ हजार १०८ मत प्राप्त गरेका छन् भने डा सञ्जयकुमार ठाकुरले ७७१ मत प्राप्त गरेका छन्।

    गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले ७०६ मत प्राप्त गर्दा डा राजन शर्माले १ हजार १७६ मत पाएका छन्।

    सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा निरज अर्यालले ६१६ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले १ हजार १४८ मत पाएका छन्। खनालले मंगलबारसम्म मतगणना सकिने बताए। 

    संघको निर्वाचनमा ६ हजार २९२ मत खसेको छ। निर्वाचनमा काठमाडौं उपत्यकाको मतदान बिहीबार, शुक्रबार र शनिबार गरी ३ दिन भएको थियो। उपत्यकाबाहिर भने माघ ६ र ७ गते निर्वाचन भएको थियो।

    १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष (प्रदेश संयोजक)‚ १ महासचिव, १ सहसचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्षसहित १९ पदमध्ये १२ पदका लागि मतदान भएको हो। 

    एकजना वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, एकजना कोषाध्यक्ष, एकजना सहसचिव, एकजना सह-कोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

    डा अनिलविक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा प्रगतिशील समूह र डा शिवजी सिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल निर्वाचनमा उत्रिएका छन्।

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १४:५०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij