२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेको विषयमा निरंकुश प्रवृत्तिले नाङगो व्यवहार देखाएको बताएका छन् ।
‘निरंकुशताले नांगो प्रवृत्ति देखायो। हामी त्यस्तालाई यत्तिकै छोड्दैनौं’, नेपाल लाइभसँग कुरा गर्दै श्रेष्ठले भने, ‘नेपालको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि बुजो लगाउने दुस्साहस गरिएको छ ।
लोकतन्त्रका लागि संघर्ष गर्ने नेपाली जनताले त्यस्ता निरंकुश प्रवृत्तिलाई कुनै हालतमा छोडने छैनन् ।’ हरेक सरकारले देखाउने यस्ता प्रवृत्तिको अन्त्य गरेरै छोड्ने श्रेष्ठले बताए ।
‘प्रहरीले गोरखामा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकाले सोधपुक्षका लागि बोलाएको भनिएको छ’ श्रेष्ठले भने, ‘यो प्रतिगमनलाई परास्त गर्ने प्रक्रियासँग जोडिएको श्रृंखला हो। हामी त्यतिकै छोड्दैनौं, परास्त गरेरै छाड्ने छौँ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij