Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले किन गरे पत्रकार सम्मेलन स्थगित ?

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले किन गरे पत्रकार सम्मेलन स्थगित ?


  • 2.7K
    Shares

    राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले किन गरे पत्रकार सम्मेलन स्थगित ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएकाे छ।

    आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका सचेतकसँग राय लिने क्रममा रास्वपाका प्रमुख सचेतक सन्ताेष परियारसँग कुराकानी गरेपछि रास्वपाले आजकाे पत्रकार सम्मेलन स्थगित गरेकाे हाे।

    राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए।

    स्राेतका अनुसार प्रधानमन्त्री दाहालले यसअघि रास्वपाका सभापति रवि लामिछानेसँग पनि सरकारबाट नबाहिरिन अनुराेध गरेका थिए।

    माघ १३ गते सर्वाेच्चले रविकाे नागरिकता अवैध ठहर गरिपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनकाे सांसद् पद खारेज भयाे। चितवन-२ बाट भारी मतका साथ सांसद बनेका रविकाे पद खारेज भएसँग उनले पुन: नेपाली नागरिकता लिए पनि पुन: उपप्रधान तथा गृहमन्त्रालय पाएनन्।

    लामाे कसरतका बाबजुद पनि गृहमन्त्राय रास्वपाकाे भागमा नपरेपछि अन्य मन्त्रालय लिएर सरकारमा नबस्ने भन्दै रविले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारबाट बाहिरिने घाेषणा गरेका हुन्।

    रास्वपाले सरकारलाई दिएकाे समर्थन यथावत् नै राखी आफू सरकारमा सहभागी नहुने घाेषणा गरेसँगै पार्टीका तीन मन्त्रीले राजीनामा दिएका हुन्।

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १३:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij