Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पक्राउ गर्न प्रहरी पुग्यो रामकुमारी झाँक्रीको निवास, सरकारविरुद्ध नाराबाजी गर्दै पुगे समर्थक पनि

पक्राउ गर्न प्रहरी पुग्यो रामकुमारी झाँक्रीको निवास, सरकारविरुद्ध नाराबाजी गर्दै पुगे समर्थक पनि


  • 7.4K
    Shares

    पक्राउ गर्न प्रहरी पुग्यो रामकुमारी झाँक्रीको निवास, सरकारविरुद्ध नाराबाजी गर्दै पुगे समर्थक पनि
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले राज्यले चाहेमा जनतासँग सोधपुछ गर्न पाउने बताएकी छिन् ।

    राष्ट्रपति र प्रधानमन्त्रीप्रति लक्षित अधिव्यक्तिका कारण स्पष्टीकरणका लागि प्रहरीले बोलाएको थियो । उनको निवास बाहिर सादा पोसाकका प्रहरीहरु पक्राउ गर्नका लागि पुगेको छ । भने उनका समर्थकहरुले चर्को नारा लगाएर पुगेका छन् ।

    त्यसै विषयमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आफूले बोलेका कुराहरुमा स्पष्टीकरण दिइरहनुपर्ने विषय नरहेको बताएकी छिन् । यो राजनीतिक मुद्दाहरु भएको बताउँदै आफूले बोलेका कुराहरुले कसैको पनि आत्मसम्मानमा चोट नपुग्ने दाबी गर्दै त्यस्तो बताएकी हुन् । “यो राजनीकि मुद्दा हो । यो विषय स्पष्टीकरण दिइरहनुपर्छ जस्तो लागेको छैन् ।” उनले भनिन् ।

    साथै आफूलाई उपस्थितीका लागि प्रहरीले जानकारी गराएपनि पक्राउ पुर्जीको पत्र नआइसकेको उनले बताएकी छिन् । “पक्राउ पुर्जीको पत्र आएको छैन् ।” उनले भनिन् ।

    tttttttttttttttttttttt.jpg

    घरको गेटमा प्रहरीहरू नियन्त्रणका लागि पुगेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणका लागि प्रहरी परिचालन गरेको हो। 

    महाशाखा प्रमुख एसएसपी दीपक थापाले  दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको झाँक्रीले मान मर्दन, अपमान र चरित्र हत्या गरेको आरोप लागेको छ।

     

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १२:१६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij