२०८२ माघ १० गते शनिवार
काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीलेविरोध प्रदर्शन गरेका छन् ।
सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए। कोण सभामा प्रमुख बक्ता नेबि संघका पुर्वकेन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सन्तोष गुरुङ, स्वेच्छा उप्रेती, लक्ष्मी सिलवाल, जीवन राना, किरण भट्टराई, सुवास घिमिरे, प्रविन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज रानालगायतले सम्बोधन गरेका थिए ।
कोण सभामा सम्बोधन गर्ने नेताहरूले बलात्कारीलाई कानुनी कारबाही गर्न, भागरथी, निर्मला, सम्झना कामीलगायतलाई न्यायको माग गरेका थिए । बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेबि संघ नेता सुशीलले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij