Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो ईपीएस

नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो ईपीएस


  • 2.6K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो ईपीएस

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    इन्स्योरेन्सको नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो ।

    नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ १० पैसा बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ ।

    समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ७२.५९ प्रतिशत घटेको छ । इन्स्योरेन्सको जीवन बीमा कोष २०.८४ प्रतिशत र महाविपत्ती कोष १५.८२ प्रतिशत बढेको छ ।

     
     
     

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - ११:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij