Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बिपिडब्लु लघुवित्तको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

बिपिडब्लु लघुवित्तको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?


  • 2.2K
    Shares

    बिपिडब्लु लघुवित्तको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?
    images

    बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज (आइतबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

    कम्पनीले सर्वसाधारणमा निष्कासनका लागि छुट्याइएको सेयरमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो।

    वैदेशिक रोजगारीमा गएका नेपालीहरूले उक्त आइपिओमा कम्पनीले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

    कम्पनीको आइपिओलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस' रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मरो सेयर अनलाइन प्रणलीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - ११:२३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij