Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आज एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनकोमूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनकोमूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • 1.8K
    Shares

    आज एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनकोमूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। 

    अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
     

    प्रकाशित मिति :माघ २० २०७९ शुक्रवार - ११:१२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij