२०८२ भाद्र २ गते सोमवार
महोत्तरी । महोत्तरीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । उनको आज बिहान जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij