२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको आमसभामा माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको तथ्याङ्क प्रस्तुत गरेका छन् । उनले प्रधामन्त्री ओलीको शासनकालमा मात्र ७ हजार १ सय ७० जना महिलाको बलात्कार भएको बताएका छन् । तर, ओली सरकारले अपराधी पत्ता लगाउन नसकेको आरोप लगाए ।
ओलीलाई बलात्कृत चेलीको आत्माले समेत प्रश्न गरिरहेको उनको भनाइ थियो। "बलात्कृत चेलीको आत्माले प्रश्न गरिरहेको छ - ए ओली तिमीले कति जनालाई सजाय दिएका छौं ? ए प्रधानमन्त्री ओली कति जना अपराधीलालाई जेलमा कोचेका छौंरु तिम्रो असंवेदनशीलता देख्दा लाज लागिरहेको छ ।"
२०७५ साउन १० गते कंचनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । त्यसको दुई वर्ष बितिसक्दा पनि अपराधी समात्न नसक्दा सरकार आलोचित भइरहेको छ । त्यस्तै, गत बुधवार बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा १७ वर्षीय भागरथी भट्टको बलत्कारपछि हत्या भयो। तर, अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij