२०८२ भाद्र ३ गते मंगलवार
गोरखा । गोरखामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारी दुवै छैनन् ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य १२ माघमा सरुवा भई कपिलवस्तु पुगेर कार्यभार सम्हालिसकेका छन् । तर गोरखामा नयाँ सिडिओ आएका छैनन् ।
सिडिओ कसलाई पठाउने भन्ने निर्णय गृह मन्त्रालयले आजसम्म गर्न सकेको छैन । माघ ६ गते गृहले निकालेको सरुवा सूचीमा सिरहका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी गोरखा सरुवा भएको उल्लेख थियो । तर उनलाई गृहले मन्त्रालयमै तानेपछि गोरखामा नयाँ सिडिओ खटिएका छैनन् । अहिले शाखा अधिकृत गणेश भट्टराईले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकार चित्राङ्गत बराल ११ माघमा पर्वतमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए । गोरखा सरुवा भएका पुष्कर राना पनि मंगलबारसम्म जिल्लामा हाजिर भएका छैनन् । एक सातासम्म जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी खाली रहनु अनौठो भएको भट्टराई बताउँछन् । उनी भन्छन्, ‘सरुवा भएपछि पुरानो जाने र नयाँ आउनेको ग्याप एक दिन भन्दा बढी हुन्थेन, तर अहिले पुरानो गएको ६ दिन भइसक्दा पनि नयाँ आउनुभएको छैन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij