Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्ड-माधवको बिरोध सभामा कुन प्रदेश बाट कति गाडीमा कति मान्छे ओईरिए ? यस्तो आयो हिसाब 

प्रचण्ड-माधवको बिरोध सभामा कुन प्रदेश बाट कति गाडीमा कति मान्छे ओईरिए ? यस्तो आयो हिसाब 


  • 25.3K
    Shares

    प्रचण्ड-माधवको बिरोध सभामा कुन प्रदेश बाट कति गाडीमा कति मान्छे ओईरिए ? यस्तो आयो हिसाब 
    images

    काठमाडौं । नेकपा (बहुमत)ले काठमाडौंमा आयोजना गरेको विरोधसभाको क्रममा समेत उपत्यका बाहिरबाट नेता,कार्यकर्ता तथा समर्थकहरु डरलाग्दो गरि भित्रिएका छन्  । 

    दिउँसो १ बजेसम्म प्रदेश नं १ बाट ३४ वटा गाडीमा १ हजार ३ सय ५६ जना, प्रदेश नं २ बाट ३ सय ५७ वटा गाडीमा १२ हजार १ सय ४ जना,बाग्मती प्रदेशबाट ५ सय ३४ वटा सवारी साधनमा १० हजार ९ सय ७० जना राजधानी भित्रिएका छन् ।

    त्यसैगरी,गण्डकी प्रदेशबाट १ सय ६२ वटा गाडीमा ४ हजार ९ सय ६१ जना,लुम्बिनी प्रदेशबाट ८८ वटा गाडीमा ३ हजार ३ सय १९ जना,कर्णाली प्रदेशबाट २५ वटा सवारी साधनमा ९ सय ५१ जना र सुदूर पश्चिम प्रदेशबाट १३ वटा सवारी साधनमा ४ सय १६ जना नेता तथा कार्यकर्ता काठमाडौंको विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

    ट्राफिक प्रहरीका अनुसार त्यसरी भित्रिएका सवारी साधनहरुमध्ये साना २ सय ८७ वटाबाट १ हजार ३ सय ७० जना छुट्टै हुन् । अन्य ठूला तथा मझौला १ हजार २ सय २३ वटा सवारी साधनबाट ३४ हजार ७७ जना कार्यकर्ता भित्रिएका हुन् । यसैबीच,सभास्थल वरिपरि जम्मा भएको भीडलाई स्वतन्त्र विश्लेषकहरुले निम्नानुसार आँकलन गरेका छन् ।

    कार्यक्रमस्थलमा २० हजारदेखि २२ हजार पाँच सय, प्रदर्शनीस्थलमा ६ हजार ५ सय, भद्रकाली रणोदीप पुल वरपरदेखि पृथ्वीनारायणको शालिकसम्म झण्डै ७ हजार,शहिदगेट वरपर करिब ३ हजार गरी लगभग ५५ हजार जनाको सहभागिता रहेको बताइन्छ । यो संख्यानै अन्तिम भने होइन। २ लाख भने पनि एक लाख तीस हजार मानिस बहुमत नेकपाले उतारेको छ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १६:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij