Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

यी बाबु छोरा जसले लाखौ लिएर ओलीका पक्षमा यस्तो गरे बहस, कसले लिन्छ अब जस ?

यी बाबु छोरा जसले लाखौ लिएर ओलीका पक्षमा यस्तो गरे बहस, कसले लिन्छ अब जस ?


  • 7.3K
    Shares

    यी बाबु छोरा जसले लाखौ लिएर ओलीका पक्षमा यस्तो गरे बहस, कसले लिन्छ अब जस ?
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई महाराजाधिराजसङ्ग सुरक्षित बिशेषाधिकारको अर्को रुप भनी बाबु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बचाव गरेलगत्तै बहसको पालो छोरा कञ्चनकृष्ण न्यौपानेमा आएको छ । उनले  पनि संविधानले व्यवस्थापिका र न्यायपालिकालाई तोकेको बाहेकका सबै काम र अधिकार प्रधानमन्त्रीसँग हुने बताएका छन्  ।

    उनको दलिल अनुसार ‘राज्यका तीनवटै अंग स्वतन्त्र छन् । दुई अंगका तोकिएका काम र अधिकार छाडेर, संविधान र प्रचलित कानूनले संघ, प्रदेश र स्थानीय तहलाई तोकिदिएका बाहेकका अधिकार कार्यपालिकालाई हुन्छ ।

    त्यो भनेको अनलिमिटेड गभर्मेन्ट राइट्स हो,अहिले प्रधानमन्त्रीले त्यही अधिकार प्रयोग गर्नुभएको हो ।’ न्यौपानेको तर्क छ ‘सैद्धान्तिक रूपमा कार्यपालिका छुट्टै अंग हो । यसले अन्य दुईवटा अंगले गर्ने बाहेक सबै काम गर्छ । साथै,स्पष्ट कानुनहरू नबनेको अवस्थामा कतिपय विशेष अधिकार कार्यपालिकाले प्रयोग गर्न सक्छ ।’ बाबु छोराले नै बहसका क्रममा प्रधानमन्त्रीको बचाउ गरेका हुन्।  बाबुले प्रति बहस २ लाख र छोराले प्रति बहस १ लाख लिएको श्रोतको भनाई छ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १६:०९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij