२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । विरोधसभालाई सम्बोधन गर्ने क्रममा विभाजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ऋषि धमलालगायत पत्रकारलाई थर्काएका छन् । सम्बोधन गर्दैगर्दा धमलाले दर्शक दीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काएका हुन् ।
भाषण रोकेरै श्रेष्ठले भने- ‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुस् ।’
निकै आक्रामक ढंगमा प्रस्तुत भएका श्रेष्ठले पत्रकार ऋषि धमालाको नामै किटेर भने– अन्तरवार्ता गर्ने भए सभा सकिएपछि गर्नुस्, अहिले यताउता नगर्नुस् ।
केहीबेर पत्रकारलाई थर्काएपछि श्रेष्ठले भाषणलाई निरन्तरता दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij