Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

पाकिस्तानको मस्जिदमा बम विष्फोटबाट २८ को मृत्यु,१५० बढि घाइते

पाकिस्तानको मस्जिदमा बम विष्फोटबाट २८ को मृत्यु,१५० बढि घाइते


  • 2.0K
    Shares

    पाकिस्तानको मस्जिदमा बम विष्फोटबाट २८ को मृत्यु,१५० बढि घाइते
    images

    एजेन्सी / पाकिस्तानको पेशावर सहरमा रहेको एक मस्जिदमा भएको विष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । पेशावरको मस्जिदमा प्रार्थानाका लागि मानिसहरु भेला भएका बेला विष्फोट भएको हो । विष्फोटमा परी अरु १५० भन्दा धेरै घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

    विष्फोटपछि मस्जिदको संरचना ध्वस्त भएको र भग्नावशेषमा धेरै मानिसहरु फसिरहेको हुनसक्ने प्रहरी अधिकारी सिकन्दर खानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले विष्फोटनका बेला उक्त मस्जिदमा ३ सय जनाभन्दा धेरै मानिसहरु भेला भएको जानकारी दिएका छन् ।सुरक्षा अधिकारीले पछिल्लो विष्फोटन आत्मघाती आक्रमण भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएका छन् ।

    आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सुरक्षा अधिकारीले केही समययता पाकिस्तानी तालिबानले ठूलो आक्रमण गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका थिए । पछिल्लो समय तहरिक ए तालिबान पाकिस्तान टीटीपी भनिने पाकिस्तानी तालिबान र पाकिस्तानी प्रशासनबीचको सम्बन्ध बिग्रिँदै गएको बताइन्छ ।

    पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले आक्रमणको निन्दा गर्दै अधिकारीहरुलाई घाइतेको उपचार गर्न निर्देशन दिएका छन् । उनले आक्रमणमा संलग्नमाथि कारवाही गरिने आश्वासन पनि दिएका छन् ।

    अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेशावर सहरमा बेलाबेला आक्रमण हुने गरेका छन् । गत वर्षको मार्च महिनामा पेशावरमा आत्मघाती बम आक्रमणकारीले विष्फोट गराउँदा ६४ जनाको ज्यान गएको थियो ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - १६:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij