Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै डण्डा बर्साउनु भन्दै राष्ट्रपतिले कता तेर्साईन शंकाको सुई 

भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै डण्डा बर्साउनु भन्दै राष्ट्रपतिले कता तेर्साईन शंकाको सुई 


  • 5.8K
    Shares

    भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै डण्डा बर्साउनु भन्दै राष्ट्रपतिले कता तेर्साईन शंकाको सुई 
    images

    काठमाडौं । नेपालको स्वतन्त्र संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउन सफल हुने विश्वास राष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्त गरेकी छिन् ।

    आयोगको ३०औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्‍याउन राजनीतिक दल, कर्मचारी, प्रशासन र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताइन् ।

    ‘जनताप्रति उत्तरदायी शासकीय अभ्यासले मुलुकको विकासलाई टेवा पुर्‍याउने हुँदा सम्बद्ध सबैले आफ्नो दायित्वप्रति इमान्दार र प्रतिबद्ध हुनुपर्दछ । भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिबद्धता र सत्प्रयासले नै मुलुकलाई सुशासन र समृद्धिको दिशामा अगाडि बढाउनेमा म विश्वस्त छु’, राष्ट्रपति भण्डारीले भनिन् ।

    भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन नसके राज्यका स्रोतहरु दुरुपयोग भई राज्यप्रणाली नै असफल हुनेतर्फ सचेत गराउँदै राष्ट्रपति भण्डारीले भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्न सम्बद्ध सबै क्षेत्र अग्रसर हुनुपर्ने बताइन् । ‘अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिन सकेमात्रै सुशासन कायम हुनसक्नेछ’, राष्ट्रपति भण्डारको भनाइ थियो ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १४:३४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij