Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो


  • 2.0K
    Shares

    आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो
    images

    आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ। लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेको छ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्नेछन्। यसमा फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन्।

    कम्पनीले सर्वसाधारणहरुका लागी भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ। सर्वसाधारणका लागि कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर खुला गर्नेछ। सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    यस कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आईपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको घोराही दाङमा रहेको छ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - ११:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij