Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

इरानको सैनिक इलाकामा विस्फोट

इरानको सैनिक इलाकामा विस्फोट


  • 1.9K
    Shares

    इरानको सैनिक इलाकामा विस्फोट
    images

    काठमाडौं । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ ।

    इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो । रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो हमला भएको भन्दै यसलाई ‘नाकाम हमला’ भनेको छ ।

    रक्षा मन्त्रालयका अनुसार तीन वटा ड्रोनबाट आक्रमण भएको थियो । जसमध्येका दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने दुई वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेका छन् ।

    रक्षा मन्त्रालयले यसबाट एउटा वर्कसपको छतमा सामान्य क्षति पुगेको र कुनै पनि जनधनको क्षति भएको छैन । परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्रसमेत रहेको छ ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - १०:५८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij