Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

धेरै तनाव लिँदा शरीरमा हुनसक्छ यी ६ स्वास्थ्य समस्या

धेरै तनाव लिँदा शरीरमा हुनसक्छ यी ६ स्वास्थ्य समस्या


  • 2.4K
    Shares

    • images
    धेरै तनाव लिँदा शरीरमा हुनसक्छ यी ६ स्वास्थ्य समस्या
    images

    काठमाडौं– तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । 

    फिजिसियन डा.रोगर हेन्डरसनले तनावका कारण शरीरमा निम्न ६ किसिमका समस्या हुने बताएका छन् ।

    आन्द्रामा समस्या

    १३ लाख ब्रिटिश र ४५ लाख अमेरिकीहरुमा आन्द्रामा समस्या छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन समस्याको रुपमा लिने गर्छन् ।

    आन्द्रामा समस्या हुँदा कब्जियत र झाडापखालाको समस्या पनि हुनसक्छ । आन्द्रामा समस्या हुँदा पेट सुनिने समस्या हुनसक्छ । ९४ प्रतिशत ब्रिटिश डाक्टरहरु तनावका कारण आन्द्रामा समस्या हुने मान्छन् । डा.हेन्डरसनका अनुसार दिमाग र पाचनप्रणाली बीच एकआपसमा सम्बन्धित हुन्छन् ।

    अत्याधिक पसिनाको समस्या

    तनावमा हुँदाखेरि शरीरमा अत्याधिक पसिना आउने गर्छ । निराशाको अवस्थामा पसिना आउनु स्वभाविक हो । 
    डा. हेन्डरसनका अनुसार मानव शरीरमा ४० लाख पसिना ग्रन्थी हुने गर्छ । धेरैजसो हत्केला, पैताला र कोखामा हुने गर्छ । तनावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ । 

    तनावमा भएका बेला हाम्रो पसिना ग्रन्थीहरु बढी सक्रिय हुने गर्छ । र, शरीरमा पसिनाको समस्या हुने गर्छ ।

    दाँतमा समस्या

    अत्याधिक तनाव लिँदा दाँतको समस्या अर्थात बु्रक्सिजम हुने गर्छ । तनावमा हुँदा टाउको दुख्ने गर्छ । टाउको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । तनावका कारण अनिद्रा, कान दुख्ने र बङगाराको मांसपेशीमा समस्या हुने आउने गर्छ । 

    बंगाराको मांसपेशीमा समस्या हुँदा यसले दाँतमा असर गर्ने गर्छ । फलतः दाँत नमिल्ने र दुख्ने समस्या हुने गर्छ । 

    कपाल झर्ने समस्या

    अत्याधिक तनावमा हुँदा टाउकोको कपाल समेत झर्ने समस्या हुनसक्छ । अनावश्यक तनाव लिँदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने समस्या हुनसक्छ । जसको कारण कपाल झर्ने समस्या हुन्छ । कपाल धुँदाखेरि कपाल झर्ने अधिक रहन्छ ।

    निद्रा नलाग्ने समस्या

    तनावका कारण कयौं दिन निद्रा नलाग्ने समस्या हुनसक्छ । तनाव लिएर धेरै चिन्तित बन्दा समयमा निदाउन सकिँदैन । समस्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने समस्या हुन्छ । 
    तनावका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने समस्या बढी हुनेगर्छ । 

    थकान महशुस हुनु

    अत्याधिक तनावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक समस्या कारण तनावमा हुने गर्छ । र, आर्थिक समस्या पर्दा शरीरमा काम गर्ने शक्तिको कमी महशुस हुने गर्छ जसले गर्दा शरीरमा बढी थकान महशुस हुनेगर्छ ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १४:३६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij