Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीले दिए यस्तो निर्देशन

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीले दिए यस्तो निर्देशन


  • 1.7K
    Shares

    दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीले दिए यस्तो निर्देशन

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

    बिहीबार संघ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए ।

    स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौँ लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए । ‘ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन्’, उनले भने । जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजना प्रमुखलाई मन्त्री गिरीले निर्देशन दिए ।

    ‘स्थानीयस्तरमै समाधान गर्न सकिने समस्या तत्काल समाधान गर्नुपर्छ । उल्झन देखिएमा मलाई जानकारी गराउनु होला’, उनले भने ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले कानुनी जटिलताका कारण कतिपय आयोजनाको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै कानुन संशोधन गरेर पूर्वाधार निर्माण तीव्ररुपमा गर्नुपर्ने धारणा राखे ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - ११:२५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij