Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी


  • 2.0K
    Shares

    अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी थप्ने तयारी गरेको छ । बिहीबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको एक माओवादी नेताले जानकारी दिए । 

    उनका अनुसार आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने गरी प्रस्ताव लैजान लागिएको छ । तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछि मात्रै थाहा हुने ती नेताको भनाइ छ ।

    नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापकोटालाई महरापछिको मर्यादाक्रममा राख्ने गरी उपाध्यक्ष बनाउन लागिएको हो । 

    महासचिव देव गुरुङले भने पदाधिकारी थप्ने नथप्ने बैठकपछि नै थाहा हुने प्रतिक्रिया दिए । माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।

    प्रकाशित मिति :माघ १२ २०७९ बिहिवार - १३:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij