Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माओवादीको स्थायी समिति बैठक सर्‍यो, दिउँसो २ बजे बस्ने

माओवादीको स्थायी समिति बैठक सर्‍यो, दिउँसो २ बजे बस्ने


  • 1.6K
    Shares

    माओवादीको स्थायी समिति बैठक सर्‍यो, दिउँसो २ बजे बस्ने

    सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निर्धारित समयभन्दा केही सरेको छ ।  बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो ।

    केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल गरिने महासचिव देव गुरुङले जानकारी दिए ।

    साथै, बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन् । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नेबारे सहमति गरिसकेको छ ।

    त्यस्तै, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग पनि माओवादीले एकता गर्ने तयारी गरेको छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने बताइएको छ ।   

    प्रकाशित मिति :माघ १२ २०७९ बिहिवार - ११:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij