२०८२ माघ ७ गते बुधवार
सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओको बाँडफाँड माघ १० मंगलबार सम्पन्न भएको छ ।
कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने ५ लाख कित्ताको १० प्रतिशत अर्थात ५० हजार कित्ता कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
लगानीकर्ताहरुले बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाईट, कम्पनीको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ हाउसको आईपीओ रिजल्ट हेर्ने वेबसाईटबाट समेत आईपीओ नतिजा प्राप्त गर्न सकिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij