Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार?


  • 1.9K
    Shares

    • images
    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार?
    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

    जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ थियो ।

    गत साताको शुक्रबारको तुलनामा घटेको सुनको मूल्य फेरी उकालो लागेको हो । यसअघि गत वर्ष सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको थियो । उक्त मितिमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - ११:१४:३० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij