२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
मंगलबार बिहान निर्वाचन आयोगमा १ घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओली सिधै राष्ट्रपति निवास पुगेको सुरक्षा स्रोतले जानकारी दियो ।
‘निर्वाचन अयोगबाट प्रधानमन्त्रीज्यू सिधै रााष्ट्रपति निवास पुग्नु भएको हो’, स्रोतले भन्यो, ‘सवा १ बजे राष्ट्रपति निवास छिर्नुभएको हो, अहिलेसम्म निस्कनु भएको छैन ।’
निर्वाचन आयोगसँगको छलफलपछि प्रधानमन्त्री सिधै राष्ट्रपतिलाई भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij