Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे अध्यक्षमा भण्डारी र महासचिवमा भुर्तेल विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे अध्यक्षमा भण्डारी र महासचिवमा भुर्तेल विजयी


  • 3.6K
    Shares

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे अध्यक्षमा भण्डारी र महासचिवमा भुर्तेल विजयी

    नेपाल वैदेशिक राेजगार व्यवसायी संघकाे अध्यक्षमा अराेरा ह्युमन रिसाेर्स प्रा.लि.का सञ्चालक राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शनिबार विहान सम्पन्न संघको २९ साधारणसभा पछिको  कार्यसमिति निर्वाचन परिणाम अनुसार भण्डारी आफ्ना तीन  प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष भण्डारीले १ सय ९९ नेपाली काँग्रेस निकट नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ५७ मत पाए ।

    एशाेसिएसाका विद्रोही भुवन सिह गुरूङल १ सय ३१र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार ईश्वर जिसीले १ सय १८ मत पाएका छन् । भण्डारी एकै बर्षकाे भित्र दुई संगठनकाे अध्यक्ष भएका छन् । उनी गत चैत १२ गते मञ्च नेपालकाे अध्यक्षमा पनि  निर्वाचित भएका थिए । 

    यस्तै संघको प्रथम उपाध्यक्षमा मञ्चका डिक बहादुर  खत्री कुमार निर्वाचित भएका छन् । उनलेे २ सय ५३ मत पाएका छन् । उनका प्रतिद्वन्दी एशाेसिएसनका किशोर केसीले १ सय ९६ , धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाएका छन् ।

    द्वितीय उपाध्यक्षमा मञ्चका उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मत ल्याई विजयी भएका छन्  । उनका  प्रतिद्वन्द्वी भुवन गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले १ सय २२ , लाेकतान्त्रिक एशाेसिएसनप्यानलका अख्तर हुसेनले १ सय २ र गणतान्त्रिक समाजवादी प्यानलका बाबुराम खड्काले ९६ मत पाएका छन् ।

    तृतीय उपाध्यक्ष मञ्चका उम्मेदवार राेशन कटुवालले १ सय ९२ मत ल्याई बिजयी भएका छन् । उका प्रतिद्वन्दी सञ्जय पनेरुले १ सय ५७, माेहन कुमार ढुंगेलले १ सय २३ र अनिल बाेगटीले १ सय २६ र उम्मेदवारी फिर्ता लिएका अम्बर बहादुर न्याैपानेले १३ मत पाएका छन् ।

    महासचिवमा लाेकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मत ल्याई निर्वाचित भए। निलकमल ह्यूमेन रिसोर्स प्रा.लि.का संचालक भुर्तेल यसअघि संघमा सचिवमा निर्वाचित भएका थिए । उनका  प्रतिद्वन्दी मञ्चका उम्मेदवार मिलन कट्टेलले १८३ र मधुकर रिजालले १ सय ५६ मत पाएका छन् ।

    सचिवमा लाेकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याइ निर्वाचित भए । उनका प्रतिद्वन्दी मञ्चका राजेन्द्र अधिकारीले १ सय ४१, टक्कर बहादुर  पाख्रिनले ९४, गाेमा गिरी क्षेत्री (अञ्जु)ले ४९ र उम्मेदवारी  फिर्ता लिएका हर्क लिम्बूले ३७ र प्रेमराज लावतीले ३९ मत पाएका छन् । 

    काेषाध्यक्षमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् । प्रतिश्पर्धी हिमा गुरूङले १ सय ४६, हिरादेवी बुढाथोकीले १ सय २, केदारनाथ अधिकारी दिपेन्द्रले १३७ र सरस्वती सुवेदीले २ मत पाएकी छन् ।

    यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेत २९१ , बिक्रम श्रेष्ठ २४६ , देवमाया थापा २४५ , बैकुण्ठ प्रसाद पाैडेल२३२ ,कैलाश पाठक २३० ,देउमान नेम्वाङ २२४ ,आनन्द काेईराला २१८,नारायण भुसाल २१७, ताेरण बहादुर कार्की २१२ र चन्द्र बहादुर लिम्बू २१० मत ल्याएर निर्वाचित भएका छन् ।

    प्रकाशित मिति :माघ ७ २०७९ शनिवार - ०७:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij