Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्ड-माधवका कुरा काट्दै एक घण्टा सम्म ओली निर्वाचन आयोगमा किन बसे ? यस्तो भएछ कुरा 

प्रचण्ड-माधवका कुरा काट्दै एक घण्टा सम्म ओली निर्वाचन आयोगमा किन बसे ? यस्तो भएछ कुरा 


  • 9.5K
    Shares

    प्रचण्ड-माधवका कुरा काट्दै एक घण्टा सम्म ओली निर्वाचन आयोगमा किन बसे ? यस्तो भएछ कुरा 
    images

    काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन्।

    मंगलबार बिहान ११:५० बजे निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग १२:५० बजेसम्म छलफल गरेका हुन्।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए।पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।

    मंगलबारको छलफलमा प्रधानमनत्री ओलीले निर्वाचनको तयारी अगाडि बढाउन आयोगलाई आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छलफलपछि पत्रकारसँग कुरा गर्दै सल्लाहकार थापाले जानकारी दिए। प्रचण्डले बैसाखमा चुनाब भए झन् खतरा हुने बताई सकेका छन्। 

    ‘प्रधानमन्त्रीज्यूले वैशाख १७ र २७ गते घोषित निर्वाचनको तयारीका बारेमा आयोगका पदाधिकारीसँग जानकारी लिनुभएको छ’, थापाले भने।

    उनले आज प्रधानमन्त्री ओली पार्टीका तर्फबाट नभई सरकारका तर्फबाट निर्वाचनको तयारी बुझ्न आयोग आएको जानकारी दिए।

    यसअघि ओली नेतृत्वको नेकपाका पार्टी कार्यालय सचिव ईश्वरी रिजालले नेकपा दावा गर्नका लागि निर्वाचन आयोग आएको जानकारी दिएका थिए।

    सोही क्रममा आयोगका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई माघको २० गते पार्टी विभाजन भएको र आफूहरु आधिकारिक भएको दावीसहित निवेदन दिएको जानकारी गराएका थिए।

    उक्त विवादबारे प्रधानमन्त्री ओलीले विगतका अभ्यास र कानुन हेरेर फैसला गर्न निर्वाचन आयोगलाई सुझाब दिएको थापाले बताए।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १३:२६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij