Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै


  • 7.6K
    Shares

    नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै
    images

    काठमाडौ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलवार बस्दैछ । 

    माघ २८ गते बुधवार काठमाडौंमा आयोजना गरिएको सभाको तयारीका लागि बैठक बस्न लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दियो ।

    यो समूहले राजधानीमा बृहत जनसभा गर्दैछ । संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ ।

    प्रतिनिधि सभा विघटन र संसद् पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहले गरेको तेस्रो चरणको कार्यक्रमको अन्तिममा भोलि काठमाडौंमा विरोध सभा हुँदैछ । भोलिको सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ । 
     

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १३:२४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij