Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ओली सरकारले ललितानिवास काण्डमा बाबुरामलाई पनि जाक्दै, प्रचण्डका मान्छेको पनि खुल्यो पोल 

ओली सरकारले ललितानिवास काण्डमा बाबुरामलाई पनि जाक्दै, प्रचण्डका मान्छेको पनि खुल्यो पोल 


  • 6.9K
    Shares

    ओली सरकारले ललितानिवास काण्डमा बाबुरामलाई पनि जाक्दै, प्रचण्डका मान्छेको पनि खुल्यो पोल 
    images

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणका थप व्यक्तिहरुको संलग्नता खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०ले गरेको अनुसन्धानमा थप पूर्व मन्त्री तथा प्रशासकहरुको संलग्नता देखिएको छ । तर, मुद्दा भने चलखेल र दबाबको भरमा नचल्ने अवस्थामा पुगेको छ । भ्रष्टाचार मुद्दा अख्तियारले चलाइसकेको अवस्थामा फेरि ठगी मुद्दा नचल्ने भन्दै सयौंलाई उन्मुक्ति दिन लागिएको छ ।

    बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा यसअघि चार पूर्वमन्त्रीविरुद्ध मुद्दा चलिसकेको छ । विजय कुमार गच्छेदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी तथा छविराज पन्तविरुद्ध मुद्दा चलेको थियो । सिआइबीको अनुसन्धानमा बाबुराम भट्टराई सरकारका अर्का मन्त्रीको पनि यसमा संलग्नता भेटिएको छ । त्यतिबेला शिक्षामन्त्री रहेका दिनानाथ शर्माको निर्णयमा हस्ताक्षर भेटिएको छ । दीनानाथ प्रचण्डका खास मान्छेका रुपमा चिनिन थालेका छन्। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष एक सय ७५ जनामाथि मुद्दा दायर गरेको थियो । सिआइबीको अनुसन्धानमा यसमा तीन सय भन्दा धेरैको संलग्नता देखिएको छ । मुद्दा नचलेमा डेढ सय भन्दा धेरै जोगिने छन् । जसमा धेरै जसो व्यापारीहरु छन् । सोही कारण दबाबका कारण ठगी मुद्दा नचलाउने निर्णय गर्न लागिएको छ ।

    ठगी मुद्दा नचल्ने राय सरकारी वकिल कार्यालयबाट आएको स्रोत बताउँछ । ठगी मुद्दाको हदम्याद एक वर्षको हुन्छ । १ फागुन २०७६ मा गृह मन्त्रालय अन्र्तगतको समरजंग कम्पनीले सिआईबीमा ठगी र कीर्ते अपराधमा कारबाही गर्न जाहेरी दिएको थियो । जसअनुसार आगामी १ फागुनभित्र सो मुद्दा अदालतमा दायर भइसक्नुपर्ने हुन्छ । तर,तीन दिन मात्र बाँकी रहँदा सिआइबीले कसैलाई पक्राउ गरेको छैन । तीन सय भन्दा धेरै आरोपी रहेकाले अब पक्राउ गरेर बयान गरी मुद्दा दायर गर्न निकै कठिन हुन्छ । सिआइबीले यसको फाइल थन्काइसकेको छ ।

    मुलकी अपराध संहिता दफा २४८ (३) क मा रहेको प्रावधानअनुसार ठगी मुद्दा चलाउने तयारी भएको हो । सो दफामा भनिएको छ, ‘भ्रष्टाचार हुने बाहेक नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना’ हुने उल्लेख छ । सो दफामा भ्रष्टाचार हुने बाहेक अवस्थामा ठगी मुद्दामा सजाय हुने उल्लेख छ । यसमा भ्रष्टाचार मुद्दा चलिरहेको आधारमा प्रहरीबाट ठगी मुद्दा नचल्ने दाबी महान्यायाधिवक्ता कार्यालयको छ । हाल सरकारमै रहेका व्यक्तिहरुका आफन्तहरुसँग मुछिएकाले पनि सकेसम्म मुद्दा नचलाउने पक्षमा लबिङ भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलका छोरा नवीन, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी यसमा मुछिएका छन् । तर, अनुसन्धानमा आबद्ध सिआईबीका अधिकारी भने एक अख्तियारबाट मुद्दा दायर भएका एक सय ७५ जना बाहेकको हकमा प्रहरीले ठगी मुद्दा चलाउनुपर्ने पक्षमा छन् ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १२:५८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij