Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपाल लाइफ इन्स्योरेन्सको डिजिटल धमाका, अनलाइनबाट शुल्क बुझाउनेलाई यस्ता छन् उपहार

नेपाल लाइफ इन्स्योरेन्सको डिजिटल धमाका, अनलाइनबाट शुल्क बुझाउनेलाई यस्ता छन् उपहार


  • 3.2K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सको डिजिटल धमाका, अनलाइनबाट शुल्क बुझाउनेलाई यस्ता छन् उपहार
    images

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले शुभारम्भ गरे । कम्पनीका अनुसार यस अभियानअन्तर्गत माघ महिनाभर बीमा नवीकरण शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकले विभिन्न उपहार पाउने छन् ।  

    ‘भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना विजेतालाई इयरबड्स प्रदान गरिने छ’ नेपाल लाइफद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने सम्पूर्णलाई १ सय रुपैयाँ क्यास ब्याक प्रदान हुनेछ ।’

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस, आई एम ईपे र प्रभुपेसँग सम्झौता गरेको छ । प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथै कारोबार समेत सुरक्षित हुने बताए । ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको उनले बताए ।

    २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी छ । कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले हालसम्म ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको जनाएको छ ।

    प्रकाशित मिति :माघ २ २०७९ सोमवार - १८:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij