Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मन्त्रिपरिषद्को निर्णय : कर्णाली, लुम्बिनी र प्रदेश २ मा वैशाख १७ गते, अन्य प्रदेशमा २७ गते

मन्त्रिपरिषद्को निर्णय : कर्णाली, लुम्बिनी र प्रदेश २ मा वैशाख १७ गते, अन्य प्रदेशमा २७ गते


  • 8.8K
    Shares

    मन्त्रिपरिषद्को निर्णय : कर्णाली, लुम्बिनी र प्रदेश २ मा वैशाख १७ गते,  अन्य प्रदेशमा २७ गते
    images

    काठमाडौं । सरकारले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो।

    वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरेको हो। 

    आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् ।

    त्यसपछि संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परेका थिए । ती रिटहरुको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । संसद विघटन लगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि चुलिदै गएको छ ।

    एक समूहको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको केपी ओलीले गरेका छन् । दुवै समूहले आफू नै आधिकारिक नेकपा दावी गर्दै आएका छन् । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - ११:३१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij