Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अटो एक्स्पोमा सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्स सार्वजनिक, सिङ्गल चार्जमा ५५० किमिसम्म गुड्ने

अटो एक्स्पोमा सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्स सार्वजनिक, सिङ्गल चार्जमा ५५० किमिसम्म गुड्ने


  • 1.9K
    Shares

    अटो एक्स्पोमा सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयूभी ईभीएक्स सार्वजनिक, सिङ्गल चार्जमा ५५० किमिसम्म गुड्ने

    मारुती सुजुकीले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने भएकाे छ । भारतको ग्रेटर नोइडामा आयोजित अटो एक्स्पो २०२३ का अवसरमा कम्पनीले ईभीएक्स (ईलेक्ट्रिक भेहिकल एक्सपिरियन्स) नामकाे कन्सेप्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।

    मध्यम आकारको यो 'ईभी'मा ६० किलोवाटआवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको फुल चार्जमा ५५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यो 'ईभीएक्स' ४३०० एमएम लम्बाइ, १८०० एमएम चौडाइ र १६०० एमएम उचाइमा उपलब्ध हुनेछ ।

    यसमा अपराइट पोस्चर, तेर्सो हुड, कमान्डिङ हाई सिट, ठूलो केबिन साइज, लामो ह्वीलबेस, ठूला पाङ्ग्रा, उच्च ग्राउन्ड क्लियरेन्स, सिग्नेचर एलईडी लाइट लगायतका विशेषता रहेकाे सुजुकीले जनाएकाे छ । कारको मूल्य र बजारमा उपलब्ध हुने मितिबारे भने केही खुलाइएको छैन ।

    प्रकाशित मिति :पौष २९ २०७९ शुक्रवार - ११:१५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij