Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रधानमन्त्री ओलीका वकिलले हत्तु पारेपछि झनक्क रिसाए प्रधानन्यायाधीश, इजलासमै यसरी झपारे 

प्रधानमन्त्री ओलीका वकिलले हत्तु पारेपछि झनक्क रिसाए प्रधानन्यायाधीश, इजलासमै यसरी झपारे 


  • 7.9K
    Shares

    प्रधानमन्त्री ओलीका वकिलले हत्तु पारेपछि झनक्क रिसाए प्रधानन्यायाधीश, इजलासमै यसरी झपारे 
    images

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा प्रधानमन्त्री केपी शर्माका वकिल बढी बोलेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रिसाएका छन् ।

    आइतवार नै प्रधानन्यायाधीश जबराले १ जनालाई १५ मिनेटको समय मात्रै दिन सकिने गरी समय निर्धारण गरेका थिए । तर सोमवार शुरूमै बहस गरेका प्रधानमन्त्री ओलीको पक्षका अधिवक्ता ईश्वरी भट्टराईले बढी समय लिएपछि जबरा रिसाएका हुन् ।

    अधिवक्ता भट्टराई नरोकिएपछि प्रधानन्यायाधीश जबराले भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईंको समय धेरै गइसक्यो । अब बहस नगर्नुहोस्, छाडिदिनुहोस् !’

    जबराले अगाडि भने, ‘हाम्रो बाध्यतालाई हेर्नुहुन्न तपाईंहरू । तपाईंहरू भनेकै मान्नुहुन्न !’

    प्रतिनिधिसभा विघटनको विषयले सर्वोच्चमा धेरै दिन खर्चिएपछि बेन्चले बहसको समय घटाउन कोसिस गर्दै आइरहेको छ । तर अधिवक्ताहरूले धेरै समय बहस गर्दा बहस लम्बिँदै गइरहेको छ ।

    प्रकाशित मिति :माघ २६ २०७७ सोमवार - १३:१०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij