Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

योग विज्ञान पढाउन ललितपुर महानगरले छात्रवृत्ति दिने

योग विज्ञान पढाउन ललितपुर महानगरले छात्रवृत्ति दिने


  • 2.0K
    Shares

    • images
    योग विज्ञान पढाउन ललितपुर महानगरले छात्रवृत्ति दिने
    images

    ललितपुर महानगरपालिकाले योग विज्ञानमा अधिस्नातक (पीजीडी इन योग साइन्स) गर्न छात्रवृत्ति दिने भएको छ । ललितपुर महानगरपालिकाका सबै वडाबाट एक एक जनालाई त्रिभुवन विश्वविद्यालयका संस्कृत केन्द्रीय विभागबाट सञ्चालन हुने ‘योग विज्ञान अधिस्नातक’ अध्ययन गर्न छात्रवृत्ति दिने महानगरले जनाएको छ ।

    महानगरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालका अनुसार ललितपुर नगर, स्वस्थ र सम्मुनत शहर’ कार्यक्रमको सञ्चालनको लागि वडामा योग शिविर र तालिम सञ्चालन गर्ने छ । यसै अनुरुप महानगर र विश्वविद्यालय बीच भएको समझदारी अनुसार २९ वटै वडाबाट एक–एकजनालाई छात्रवृति दिन लागेको अर्यालले बताए ।

    स्नातक तह उत्तीर्ण गरेका व्यक्तिको नाम वडा कार्यालयले महानगरसमक्ष सिफारिस गर्नेछ । एक वर्षमा दुई सेमेष्टरमा अध्ययन हुने योग विज्ञानका लागि लाग्ने पुरै शिक्षण शुल्क महानगरले व्योहोर्ने जनाएको छ ।

     

    प्रकाशित मिति :पौष २० २०७९ बुधवार - १५:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij