२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस थालेका छन् । अहिले अधिवक्ता ईश्वरी भट्टराईले बहस गरिररहेका छन् ।
हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायी (वकिल)ले बहस थालेका हुन् ।
विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय बढी निजी वकिलले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता रमेश बडालले हिजो बहस सकेका थिए ।
माघ ३० भित्र बहस सक्न सरकार पक्षलाई समय दिइएको छ । १३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij